थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम गर्ने सरकारको योजना

 

फागुन १४, काठमाडौ —  सरकारले थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा स्वास्थ्य बिमा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द«कुमार यादवले केही दिन भित्रमा नै थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।

संविधान अनुसारनै नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउन सरकार प्रयत्नरत रहेको पनि उनले स्पष्ट पारे ।
मुलुकभरका स्वास्थ्य संस्थामध्ये कतिपयमा स्थानमा जनशक्ति, उपकरण र संरचना नभएको भन्ने सम्बन्धमा न्यूनतम स्वास्थ्य सेवा प्रदान गर्ने गरि हेल्थसेन्टरबाट प्रवाह गरिने सेवालाई व्यवस्थित पारिने उनले स्पष्ट पारे ।
रासस