स्वास्थ्यमन्त्री यादव दिल्ली प्रस्थान

फागुन, १३ काठमाडौ —उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव भारतको नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी चौंथो सम्मेलनमा भाग लिन सोमबार प्रस्थान गरेका छन् ।

तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मुल्यांकन, साईवर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो बिकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिका बारे छलफल गरिनेछ ।
बिश्वका ६० देशका स्वास्थ्यमन्त्री एवम् बिज्ञ तथा बैज्ञानिकहरुको तीन दिनसम्म चल्ने सो सम्मेलन चल्नेछ ।