विशेष अदालतका तीन न्यायाधीशको सरुवा

फागुन, १३ काठमाडौ — विशेष अदालतका तीन न्यायाधीश सरुवा भएका छन् । न्यायपरिषद्ले विशेष अदालतका सदस्यहरू चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गरेको हो ।
ढकाल र बागचन्द जुम्ला उच्च अदालतमा सरुवा भएका हुन् । पोखरेल उच्च अदालत राजविराजमा सरुवा भएका छन् ।