बुधबारदेखि आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने सरकारी डाक्टरको घोषणा

 

फागुन १३, काठमाडौ —सरकारी सेवामा कार्यरत चिकित्सकले बुधबार देखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् ।

सरकारी चिकित्सकको समायोजन वैज्ञानिक र न्यायोचित हुनु पर्ने लगायतका आफुहरुको माग सरकारले पुरा नगरेकोले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्नु परेको सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले इमेल खवर डटकमलाई बताएका छन ।

उनले बुधबार नै पर्ने स्वास्थ्य सेवा दिवसको कार्यक्रम पनि आफूहरुले बहिस्कार गर्ने बताए । यति गर्दा पनि सरकारले समस्या समाधान नगरे सामुहिक राजिनामा दिई सरकारलाई मार्गप्रसस्त गर्ने चेतावनी दिएका छन ।