६४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

फागुन, १२ काठमाडौ —नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् ।
प्रहरी नियमावली २०७१ को नियम २७ को उप – नियम (४) को प्रावधानअनुसार हरि खतिवडा एक नम्बरमा बढुवा सिफारिस भएका छन् ।
इन्सपेक्टर मञ्जिल मुकारुङ, जागेश्वर भण्डारी, वेद प्रकाश जोशी, दान बहादुर थापा, सुन्दर तिवारीलगायतका ६४ जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।