सरकार माथि देउवाको आरोप —प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सुरु भयो

फागुन, ११ काठमाडौ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न बहानामा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सुरु भएको भन्दै कानुन बनाएर प्रेसमाथि हस्तक्षप गर्न खोजिएको आरोप लगाएका छन् ।

शनिबार प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सरकारले चिप्ला र ठूला कुरा गर्ने तर काम केही नगर्दा जनता निराश बनेको बताए ।

कार्यक्रममा ३५ हजार रुपैयाँ राशीको प्रेस युनियन पत्रकारिता पुरस्कार पत्रकारद्वय कविर राणा र समीरजंग शाहलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।