टी–२० महिला विश्वकप —आज नेपाल–यूएई भिड्दै

फागुन, १० काठमाडौ —आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा आफ्नो तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ
नेपालले चौथो खेलमा नेपालले हङकङसँग २४ तारिखमा खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।