परराष्ट्रले मन्त्रालयले थाल्यो राजदूतको चौमासिक मूल्यांकन

फागुन, १० काठमाडौ — परराष्ट्रले मन्त्रालयले राजदुतहरुलाई क्रियाशील बनाउन मूल्यांकन प्रणाली अपनाएको छ । राजदूतलाई चौमासिक मूल्यांकन थालिएको छ । यसमा कमजोर ठहरिएका राजदूतलाई सीधै फिर्ता बोलाइनेछ ।
एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्ने गरेको गरेको छ । मुलुकअनुरुप कार्यादेशसहित जिम्मेवारमा गएका राजदूतको पदलाई आराम गर्न र केही रकम बचाएर मुलुक फर्कने प्रवृत्ति रोक्न परराष्ट्रले खबरदारी पनि गर्न थालेको छ ।