२१ किलो चरेशसहित लाजिम्पाटबाट ४ पक्राउ

फागुन, ९ काठमाडौ — २१ किलो चरेशसहित प्रहरीले लाजिम्पाटबाट ४ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले पक्राउ गरेको हो
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का रामकुमार मोक्तान, रमेशकुमार मोक्तान, शुक्रराम गोले र राजेन्द्र गोले छन् ।
उनीहरुमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।