‘सामाजिक सञ्जालको सहि सदुपयोग गरौ ’ — सञ्चारमन्त्री बाँस्कोटा

फागुन , ९ काठमाडौ —सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाललाईसदुपयोग गर्न आग्रह गरेका छन्।
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा भने, ‘ सामाजिक सञ्जालको दुरूपयोग कुनै हाइड्रोजन बमभन्दा कमी नहुन सक्छ, त्यसैले सहि सदुपयोग गरौं । ’
मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमाथि सरकारले अंकुश नलगाउने बताए । प्रविधिले मस्तिकमा प्रेम र विष दुबै सिर्जना गर्नसक्ने तर्क गर्दै उनले सरकारले नराम्रो कुरामाथि मात्र नियन्त्रण गर्न खोजेको जिकिर गरे ।