फागुन ९ गते तपाईको आज (राशिफल)

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि अरुको कारणले गर्दा प्रेम सम्बन्धमा समस्या आउँनेछ । यात्रामा झन्झट आउँनेछ । मन चिन्तित रहनेछ ।

वृष राशिका लागि जम्मा गरेको धनलाई गलत ठाउँमा खर्च गर्नुपर्ने छ । खानाको कारणले गर्दा स्वास्थ्यमा समस्या आउँन सक्छ सचेत रहनु होला ।

मिथुन राशिको लागि सुन्दरताले व्यक्तित्वमा निखार आउँनेछ । सजिलै अरुको मन जित्न सकिएला । आकस्मिक धन प्राप्त हुनेछ । कला साहित्यमा रुचि बढ्नेछ ।

कर्कट राशिका लागि अप्रिय समाचारले गर्दा मन चिन्तित रहनेछ । जग्गा जमिन बेचबिखनको योग छ । प्रेममा समस्या बढ्दै जानेछ ।

सिंह राशिका लागि नयाँ मित्रसँग मिलन हुनेछ । उपहार प्राप्त हुदा मन प्रशन्न रहनेछ । रोकिएको धन हात पर्नेछ ।

कन्या राशिका लागि अरुले सहयोग नगर्दा काम बिग्रनेछ । हात पर्न लागेको धन गुम्नेछ । अध्ययनमा समस्या आउँनेछ ।

तुला राशिका लागि मान प्रतिष्ठा बढ्दै जानेछ । सरकारी क्षेत्रको काममा सफल भैनेछ । पारिवारिक सुखमा वृद्धि हुनेछ ।

वृश्चिक राशिका लागि कार्यमा सफलता मिल्नेछ । पिताको सहयोगले गर्दा नयाँ व्यापारमा विस्तार हुनेछ । महिला मित्रको सहयोग प्राप्त हुनेछ ।
धनु राशिका लागि अंशवण्डाको कारणले गर्दा परिवारमा विवाद थपिदै जानेछ । गरेको काम बारबार समस्या आउँनेछ । वौद्धिक क्षमतालाई सहि क्षेत्रमा उपायोग गर्नलाई गाह्रो हुनेछ ।

मकर राशिका लागि आफ्नो क्षमताको प्रस्फूटन गर्नलाई असहज होला । स्वास्थ्यमा समस्या आउनेछ । प्रेमामा दुरी बढ्नेछ ।

कुम्भ राशिका लागि लामो समयसम्म रोकिएको काम सम्पन्न हुनेछ । श्रीमतीको सहयोगबाट मन प्रशन्न रहनेछ । व्यपारमा बिस्तार हुनेछ ।

मीन राशिका लागि लगनशीलताका साथ कार्यमा अगाडी बढिनेछ । पराक्रममा वृद्धि हुनेछ । विशेष सम्मान पाउँने योग छ ।

यसदिनमा दिनको १.३० देखि ३ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।