विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीभित्र काठमाडौं पाँचौ स्थानमा

फागुन५, काठमाडौं – विश्वका घुम्नलायक उत्कृष्ट १०  शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ ।

लोन्ली प्लानेटले सार्वजनिक गरेका १० उत्कृष्ट पर्यटकीय शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई पछि पारेको हो ।

डेनमार्कको कोपनहेगन पहिलो स्थानमै रहेको छ । चीनको सेनजेन दोस्रो स्थानमा, तेस्रोमा सर्वियाको नोभिसाद, र चौथोमा अमेरिकाको मियामी रहेको छ ।

सन् २०१५ मा भूकम्पले क्षतिग्रस्त भएको काठमाडौं शहर विस्तारै पुनर्लाभको अवस्थामा फर्किन सुरु भएपछि लोन्ली प्लानेटले काठमाडौंलाई विश्वका १० घुम्नलायक शहरको पाँचौ स्थानमा लेखेको हो ।

लोन्ली प्लानेटले आफ्नो रिपोर्टमा क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनर्स्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको उल्लेख गरेको छ । यसका साथै काठमाडौंमा हर्नको समस्या ध्वनी प्रदुषण कम हुँदै गएको विषय पनि उल्लेख गरिएको छ ।

भरपर्दो बिजुली सेवा, वाईफाईको सुविधाले पनि काठमाडौंलाई घुम्न लायक बनाएको लोन्ली प्लानेटमा लेखिएको छ ।