सरकारी चिकित्सक संघद्धारा आन्दोलनका कार्यक्रम घोषणा

फागुन, ५ काठमाडौं– सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । संघले ६ गतेदेखि एकहप्ता बिरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघीय सरकारमा कर्मचारीलाई संघमा राखेर देशभर खटाउनु पर्ने चिकित्सकहरुको मुख्य माग रहेको छ ।