आज श्रीपञ्चमी पर्व,बिद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

माघ, २७ काठमाडौ — आज श्रीपञ्चमी पर्व बिद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।