माघ २७ गते तपाईको आज — राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि —आफ्नो प्रतिभाको सही प्रस्फुटन हुनलाई गाह्रो हुनेछ । आलश्यताले गर्दा गरेको कामबाट सही नतिजा आउँन नसक्ने देखिन्छ ।

वृष राशि —मित्र मिलनको योग देखिन्छ । अध्ययन क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । आम्दानीका वृद्धि हुनेछ ।

मिथुन राशि —परिवारको सहयोगले गर्दा आटेको काम सिद्ध हुनेछ । राजनितिक र सामाजिक कार्यमा सक्रियता बढ्नेछ । कार्यस्थलमा बिशेष सफलता मिल्नेछ ।

कर्कट राशि —भौतिक साधनमा क्षति हुनसक्छ । पारिवारक कलश बढ्दै जानेछ । गरेको कामबाट निराश हुनु पर्नेछ ।

सिंह राशि —पेटमा समस्या पर्नसक्छ खानाका विशेष ख्याल गर्नु होला । न्याय प्राप्तिका लागी बढि संघर्ष गर्नु होला ।

कन्या राशि —कला साहित्यमा रुची बढनेछ । विपरित लिङ्गीको सहयोगले कार्य सम्पादन हुनेछ । नयाँ घरमा प्रवेश हुनसक्छ ।

तुला राशि —थोरै मेहनतबाट पनि सफलता हात पर्नेछ । भाग्यले साथ दिनेछ । रमाईलो यात्रा हुनेछ । आकस्मिक धन प्राप्त हुनेछ ।

वृश्चिक राशि —नयाँ कामको थालनी गर्नलाई बिलम्ब हुनेछ । विद्यार्थी वर्गको लागी अध्ययनमा सोचे जस्तो सफलता मिल्नलाई गाह्रो देखिन्छ ।

धनु राशि —झुटा आरोप लाग्न सक्छ सजक रहनु होला । नजिकको व्यक्तिबाट धोका हुनसक्छ । वैराग्यले सताउला ।

मकर राशि — अध्ययनमा सफलता मिल्नेछ । जोश जागर र हिम्मत बढ्नेछ । वैदेशिक क्षेत्रबाट विशेष सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि — मुद्धा मामिलाको झन्झट पर्न सक्छ । अनावश्यक यात्राले गर्दा खर्च बढ्नेछ । प्रेम सम्बन्धका दुरी बढ्नेछ ।

मीन राशि —लामो समयसम्म रोकिएको धन हात पर्नेछ । प्रेमीसँग मिलनको अवसर प्राप्त होला । सामाजिक कार्यमा संलग्न हुदा विशेष

सम्मान प्राप्त होला ।
यसदिनमा बेलुकी ४.३० देखि ६ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।