जमीन बाँझो राखेमा तीन लाखसम्म जरिवाना

माघ, २६ काठमाडौं —खेतीयोग्य जमीन अब बाँझो राख्न पाइने छैन । यदि जमिन बाँझो राखेमा तीन लाखसम्म जरिवाना तिर्नुुपर्नेछ ।
सरकारले “भूउपयोग ऐन, २०७५” संसद्मा दर्ता गरेको छ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई जरिवाना लगाउने प्रावधानसहित नेपालमा पहिलोपटक यस्तो ऐन संसद्मा दर्ता भएको हो। सो ऐन पारित भएपछि खेतीयोग्य भूमि बाँझो राख्ने जो कोही व्यक्ति कानूनको कठघरामा पुग्नेछन्। सरकार गठन भएको झण्डै एक वर्षपछि संसद्ले “भूउपयोग ऐन, २०७५” पारित गर्दै छ। आगामी फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुग्दैछ।
संसद्मा भने उक्त ऐन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले पेश गरेको हो।