प्रदेश ५को महत्वाकाँक्षी योजना : विद्युती वस र रेल दौडाउने, गरिबी घटाउने

माघ २३ बुटवल – आगामी ५ वर्षभित्र प्रदेश ५ का मुख्य शहरमा विद्युती बस र रेल दौड्ने भएको छ । त्यसैगरी विश्वविद्यालय खोलिएको हुनेछ । अनि प्रदेश ५को निरपेक्ष गरिबी पनि १० प्रतिशतमा झर्ने छ । प्रदेश ५ योजना आयोगले तयार गरेको आवधिक योजनाको महत्वकाँक्षी योजनाहरु हुन् यी ।

आयोगले प्रदेशका १२ वटै जिल््लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, नीजि क्षेत्र र नागरिक समाजको सुझावका आधारमा तयार पारेको अधारणापत्र हो यो ।

आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले प्रदेश विकास परिषद्को पहिलो वैठकमा अवधारणापत्र प्रस्तुत गर्दै प्रदेश ५ को गरिबी जनसंख्याको २४.५ प्रतिशत रहेकोमा आगामी ५ वर्षमा १० प्रतिसतमा झार्ने उल्लेख गरेका छन् ।

त्यसैगरी आवधिक योजनाभित्र प्रादेशिक कूल गार्हस्थ उत्पादन बृद्धि दर, कूल उपभोक्ता मूल्य बृदि, घटाउने, सरदर आयू ६७.५ वर्षबाट ७२ वर्ष र्पुयाउने, बाल मृत्यु दर घटाउने लगायता थुप्रै महत्वाकाँक्षी योजनाहरु समेटिएका छन् ।

आयोगका उपाध्यक्ष डा. श्रेष्ठलले ‘संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्य, केन्द्र सरकारको १५ औं आवधिक योजना र २५ वर्षे दीर्घकालीन लक्ष्यसंग मेल खाने गरी आवधिक योजना बनाएको र ‘आउदो चैतसम्म योजनाको पूर्ण दस्तावेज तयार पार्ने बताए ।