एनसेलको खरिद बिक्री वापतको पूँजीगत लाभकर एनसेलले नै तिर्नुपर्ने सर्बोच्चको आदेश

माघ २३ काठमाडौं – सर्बाेच्चले एनसेलको स्वामित्व खरिद बिक्री वापतको पूँजीगत लाभकर एनसेलबाटै भरपाई गर्न आदेश दिएको छ ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको विवादित पूँजीगत लाभकर एनसेलबाटै उठाउन सर्बाेच्च अदालतले आदेश दिएको हो ।

अधिवक्ता द्वारिकानाथ ढुंगेलले ठूला करदाता कार्यालय, एनसेल प्रालि र आजियटा इन्भेस्टमेन्ट यूके लिमिटेडलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उक्त रिटको सुनुवाई गर्दै, प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त बृहत इजलासले एनसेल र आजिएटाबाटै पुजीगत लाभकर उठाउन आदेश दिएको हो ।

सर्वोच्चले अहिले पनि आजिएटाकै नियन्त्रणमा एनसेल रहेको भन्दै लाभकरको दायित्व पनि आजिएटा र एनसेलकै भएकाले यसको कर पनि उसैले तिर्नपर्नेगरी सर्बोच्चले परमादेश जारी गरेको छ ।

तर आजिएटा र एनसेलले उक्त पूँजीगत लाभकर तिर्ने दायित्व आफ्नो नभएको भन्दै दावी गर्दै आएको थियो ।