सांसदहरुको प्रश्नमा आज ४ मन्त्रीले जवाफ दिने

 

माघ, २३ काठमाडौ — आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ ४ मन्त्रीले दिने भएका छन् ।
संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न कार्यसूची छ।

जवाफ दिनेमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल र महिला तथा बालबालिका मन्त्री थममाया थापा रहेका छन् ।

सचिवालयका अनुसार सांसदले ८८ मौखिक प्रश्न दर्ता गराएकोमा ४३ प्रश्नको जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन्।सचिवालयमा २८ वटा लिखित प्रश्न दर्ता भएका थिए । सांसद उठाएका प्रश्नको मन्त्रीहरूले संसदको रोस्ट्रममै गएर जवाफ दिनेछ ।