त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रुप रंग फेरिदै

माघ२०, काठमाडौं —त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रुप रंग फेरिने भएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रनवेको स्तरोन्नतिको जिम्मा लिएपछि यसको विकास सुरु हुने भएको हो ।

विमानस्थलको धावनमार्ग स्तरोन्नति तथा पिचको काम चैतको तेस्रो हप्ताबाट सुरु हुने भएको छ । सन् १९९५ तिर निर्माण गरिएको विमानस्थलको झण्डै ४ दशकभन्दा बढी समय सामान्य मर्मत सम्भारबाटै काम चलाइँदै आएको थियो ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रुपैयाँमा रन(वेको स्तरोन्नति गर्ने जिम्मा पाएको हो ।

अप्रिल १ अर्थात् चैत १८ बाट विमानस्थलको रन(वेलाई स्तरोन्नतिको काम सुरु गरी करिब ७० दिनमा काम सकिने नागरिक उड्डयन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए ।

धानमार्ग चिरा पर्ने फुट्ने समस्या आएकाले अहिलेको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बने अनुरुप निर्माण काम सुरु गर्न लागेको उनले जानकारी दिए ।
विमान ओराल्ने समयमा विमानको भार धेरै पर्ने भएकाले पिच उप्कने, फुट्ने चिरा पर्ने समस्याको स्थायी समाधानका लागि वैज्ञानिक ढंगले अहिलेको कालोपत्रे सबै उप्काएर नयाँ वनाउने तयारी गरिएको छ ।

नयाँ योजना अनुसार ३ हजार ५० मिटर लामो धावनमार्ग अब बलियो हुनेछ । त यसको काम राति १० बजेपछि मात्रै सुरु गर्ने र विहान ८ बजेसम्म गरिने भएको छ । यसले दैनिक १० घण्टा विमानस्थलमा उडान(अवतरण सेवा प्रभावित हुनेछ ।