आयोगमा सिफारिस अध्यक्षहरुमाथि सुनुवाई सुरु, कांग्रेसको असहमति

माघ, २० काठमाडौ — संसदीय सुनवाई समितिले विभिन्न ५ आयोगमा सिफारिस अध्यक्षमाथि सुनुवाई प्रक्रिया सुरु गरेको छ । जसलाई बिपक्षी दल कांग्रेसले असहमति जनाएको छ । विपक्षी दललार्इ सूचना नदिइ, एकलौटी रुपमा विभिन्न आयोगको अध्यक्षहरुको सिफारिस गैह्र कानुनी भएको भन्दै कांग्रेस सांसदहरुले असहमति जनाएका हुन् ।

आइतबार बिहान ११ बजे बसेको बैठकले यसअघि सिफारिस भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारू आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नाममाथि छलफल सुरु गरेको हो ।