२४ दिनको लामो अनसनपछि डा. गोविन्द केसीले अनसन तोडे

१८ माघ, काठमाडौं – २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् । केसीले आजै शुक्रबार साँझ ७ बजे २४ औ दिन त्रिवि शिक्षण अस्पताल स्थित अनसन स्थानमा पत्रकार सम्मेलन गर्दै अनसन तोडेका हुन् ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाले जुस पिलाएर केसीको अनसन तोडिएको हो ।

अनसन तोडेपनि चिकित्सा शिक्षा विधेयक परिमार्जन र सुधारका लागि सधै लडिरहने बताए । उनले अनसन बसिरहदा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताए ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

पछिल्लो समय सबैतिर चौतर्फी आग्रह र दबाव आएपछि उनी अनसन तोड्न वाध्य भए । उनलाई पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्ता माथेमालगायतले अनसन तोड्न छुट्टाछुट्टै आग्रह गरेका थिए