टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा आज नेपाल युएईसँग भिड्दै

माघ १८, काठमाडौं – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपालले आज दोस्रो खेल प्रस्तुत गर्दैछ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेलमा नेपाललाई युएई विरुद्ध जित्नै पर्ने दबाव परेको छ । खेल आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयको दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो तर ३ खेलको नेपाल टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–० ले पछि पर्याे ।

यूएईले निर्धारित २० ओभरमा ६ विकेटको लसमा १५३ रन बनाएपछि नेपालले १५४ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ सुरु गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३२ रन मात्रै बनायो ।