चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

माघ १७, काठमाडौं — नेपाली काँग्रेसको कडा विरोधका वावजुद्ध राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित गरिएको छ । प्रतिनिधिसभाबाट राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित गरिएको हो ।

चिकित्सा विधेयकलाई लिएर प्रतिनिधी शभा र राष्ट्रिय सभामा निरन्त विरोध गर्र्दै आएको भएपनि अन्नत सरकारले पारित गरेर छाड्यो । राष्ट्रपतिले प्रमाणित गरेपछि अब ऐन बनाएर लागू गरिनेछ ।

चिकित्सा शिक्षा विधेयक संसोधनका लागि राष्ट्रियसभामा दुईवटा प्रस्ताव दर्ता भएको थियो । राजपाका सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी लगायतका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

तर दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।