आकस्मिक सेवा बाहेक देशभरका अस्पताल वन्द गर्ने घोषणा

माघ १७, काठमाडा— नेपाल चिकित्सक संघले आकस्मिक बाहेका देशभरीका सबै अस्पताल बन्द गर्ने घोषणा गरेको छ । राष्ट्रियसभाबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पास भएपछि संघले आन्दोलनको घोषणा गरेको हो ।

२३ दिनदेखि अनसनमा डा. केसीको जीबन नाजुक वन्दै गएको र केसीको रक्षाका लागि उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गरिरहेको छ ।

संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप आकस्मिक बाहेक देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

साथै संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमार्फत यो भन्दा कडा कदम परिस्थिति आउन नदिन तथा समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । चिकित्क संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन बसिरहेको छ ।