माघ १७ गते तपाईको आज (राशिफल)

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि आफ्नो क्षमतालाई प्रस्तुत गर्न नसक्दा असफल भैएला । अध्ययनमा रुची घट्दै जानेछ । पेटमा समस्याआउँला ।

वृष राशिको लागि नयाँ कार्यको थालनी हुनेछ । विपरित लिङ्गीको सहयोगबाट कार्य सम्पन्नहुनेछ । जग्गा जमिन जोड्ने अवसर मिल्नेछ ।

मिथुन राशिको लागि लाभदायक यात्रा हुनेछ । शत्रुपक्ष पराजित हुनेछन् । सामाजिक क्षेत्रमा मान सम्मान मिल्नेछ ।

कर्कट राशिका लागि विगतको गल्तिको पछुतो हुनेछ । कार्य सम्पन्न गर्नलाई विलम्वहुनेछ । मन चिन्तित होला ।

सिंह राशिकालागि वैदेशिक काममा ढिलाई हुनेछ । व्यापारमा घाटा सहनु पर्ला । प्रेममा अविश्वास बढ्नेछ ।

कन्या राशिका लागि लामो समयसम्म रोकिएको कामबन्नेछ । भाग्यले साथदिनेछ । दाजुभाईसँगको सम्बन्धमा सुधार हुनेछ ।

तुला राशिका लागि बसाई सराईको योग देखिन्छ । बोलीको खरोपनले गर्दा सम्बन्धमा समस्याआउँन सक्छ एकदम बोलीमा बिचार गर्नु होला ।

वृश्चिक राशिका लागि नयाँ कामको थालनी गर्नलाई शुभ समय रहेको छ । परोपकारमा मन जानेछ । मानप्रतिष्ठामा वृद्धि होला ।

धनु राशिका लागि अनावश्यक यात्राले थकित भैएला । झुटा आरोप लाग्न सक्छ सजक रहनु होला ।

मकर राशिका लागि अधिकार प्राप्तहुने योग छ । प्रेम प्रस्ताब आउँन सक्छ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता मिल्नेछ ।

कुम्भ राशिका लागि धार्मिकका मन जानेछ । आफुभन्दा ठूलो मान्छेले गर्दा सहयोगले लामो समयसम्म अड्केको कामबन्नेछ । मन प्रशन्न रहला ।

मीन राशिका लागि मान सम्मानमा आँचआँउनेछ । स्वास्थ्य समस्याले अझै सताउँन सक्छ । मन चिन्तित हुन्छ ।

यसदिनमादिनमा १.३० देखि ३ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।