माघ १६ गते शहिद दिवस : हाँसी हाँसी फाँसी र गोली खाई ज्यानको आहुती दिए

माघ १६, काठमाडौं – आज शहिद दिबस । १०४ वर्षे जहानिया निरंकुश राणा शाषनको विरुद्ध आवाज उठाएको अभियोगमा मृत्यूदण्ड दिईएको दिन । उनै राणा शाषनको ज्यादती विरुद्ध ज्यानको बाजी लगाई आहुुती दिने शहिदहरुका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।

मृत्युदण्ड सजाए बमोजम हाँसी हाँसी फाँसी र गोली खाई मर्न तयार भएका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई २००७ सालमा प्रजातन्त्र स्थापनापछि सहिद घोषणा गरी माघ १६ गते सहिद दिवस मनाउन थालिएको इतिहास छ ।

माथेमा, शास्त्री, श्रेष्ठ र चन्दलाई १९९७ साल माघमा फरकफरक मितिमा फाँसी दिएर र गोली हानेर हत्या गरिएको थियो । वास्तविक शहिद उनै धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ईतिहाँसले मान्दै आएको छ ।

क्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

आज तिनै शहिदहरुको सम्मान स्वरुप वाजागाजा, रर्यालीहरु र विभिन्न कार्यक्रमहरुका साथ शहिद दिवश मनाइएको छ । एक हप्तादेखी शहिदहरुको सम्मान स्वरुप शहिद सप्ताह पनि मनाइदै आएको छ । काठमाडौं महानरपालिकाको संयोजनमा यो शहिद सप्ताह मनाइएको हो ।


तर २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि शहिदहरुको सख्या बढेर यो संख्या १२ हजार करिबमा पुगेको छ । हरेक सरकारले विभिन्न आन्दोलनका कारण ज्यान गुमाएकालाई आफूअनुकूल सहिद घोषणा गर्दा यस्तो हुन पुुगेको हो ।

अहिले गृह मन्त्रालयले सहिदको संख्या १२ हजार हाराहारीमा पुगेको जनाएको छ । केपी ओली नेतृत्वको वर्तमान सरकारले सहिद दिवसका अवसरमा थप दुई हजार आठ सय सातजनालाई सहिद घोषणा गरेको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको ‘सशस्त्र युद्ध’ का क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले सहिद घोषणा गरेको हो। यसअघि सहिदको संख्या नौ हजारभदा बढी पुगेको थियो।

सरकारले हचुवाका भरमा सहिद घोषणा गर्न थालेको भन्दै विज्ञहरूले आपत्ति जनाउँदै आए पनि सरकारले फेरि सहिदको संख्या थपेको छ। करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिदै गएको छ । यसले बास्तविक सहिदकै अस्तित्व पनि मेटिने खतरा बढेको देखिन्छ ।