नेपालको परराष्ट्रनीति कमजोर भएको पूर्व परराष्ट्रमन्त्रीहरुको टिप्पणी

माघ ११, काठमाडौं —नेपालको परराष्ट्रनीति कमजोर भएको एक टिप्पणी सार्वजनिक भएको छ ।  नेपालको परराष्ट्रनीति बलियो नभएकै कारण भारतले नेपालमा  ३ पटक सम्म नाकाबन्दि गर्दा समेत हेरेर बस्नुपर्ने अवस्था आएको भन्दै नेपालका पूर्वपरराष्ट्रमन्त्रीहरुले यस्तो टिप्पणी गरेका हुन् ।

ललितपुरमा आयोजित ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति’ विषयक एक कार्यक्रममा उनीहरुले नेपालको परराष्ट्र नीति अन्य मुलुकको दाँजोमा राम्रो र बलियो बनाउन आवश्यक रहेको उल्लेख गरे । उनीहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्रनीति बनाउनुपर्नेमा समेत जोड दिए ।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले मुलुकको विकासका लागि मुलुकको राजनीति, संस्कार, आर्थिक अवस्था र सुरक्षाको विषयलाई ध्यान दिनुुपर्नेमा जोड दिए । उनले ‘नेपाल गरीब मुलुक भएकै कारण भारतले नेपालमा तीनपटक नाकाबन्दी लगाउदा नेपालले सहेर बस्नु सिवाय उसलाई सोध्ने, वुझ्ने र सम्झाउने, यहाँका नीति निर्माताको सामथ्र्य नभएको जिकिर गरे ।
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले दरिलो विदेश नीति निर्माण गर्न पञ्चशीलको सिद्धान्तलाई आधार मानी राष्ट्रिय सीमासुरक्षामा कडाइ गर्नुपर्नेमा जोड दिए । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले वर्तमान सरकारको नीतिनियम कमजोर भएकै कारण नेपालमा ७५ प्रतिशत विदेशी लगानी घटेको बताए ।