डा. केसीको जीवन रक्षाको माग गर्दै सरकारलाई ७२ घन्टे अल्टिमेटम

माघ१०, काठमाडौं —डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सरकारलाई ७२ घन्टे अल्टिमेटम आएको छ । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको हो ।

चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारी गरी ७२ घन्टाभित्र वार्ता टोली बनाएर डा. केसीको जीवन रक्षाका लागि ठोस कदम चाल्न पनि सरकारसँग माग गरेको छ ।

संघले प्रधानमन्त्री स्वयंले फरक परिस्थितिमा सम्झौता गरेको, संसदमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र डा. केसीकाबारेमा गलत प्रचार भएको भन्दै घोर भ्रत्सना पनि गरेको छ ।

साथै आइतबार १ बजे राजधानीका चिकित्सकहरु शिक्षण अस्पतालमा जम्मा भई आन्दोलनका थप कार्यक्रममाथी छलफल गर्ने पनि चिकित्सक संघले निर्णय गरेको छ ।