चिकित्सा शिक्षा विधेयक पास गरेरै छाड्ने सरकारको अडान

माघ१०, काठमाडौं — सरकारले संसदमा अड्किरहेको चिकित्सा शिक्षा विधेयक पास गरेरै छाड्ने भएको छ । राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु सार्वजनिक गर्दै सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेरै छाड्ने बताएको हो ।
सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले विधेयक कुनै हालतमा फिर्ता लिने वा हुने सम्भावना नरहेको प्रष्ट पारेका छन् । उनले विधेयक पास हुँदा डा. गोविन्द केसीका मागहरु पनि सबै पुरा हुने दाबी गरे ।

डा. केसीले प्रस्तावित विधेयक जनतामुखी, विद्यार्थीमुखी भएन भनेर सांसदहरुलाई लेखेको पत्रतर्फ संकेत गर्दै मन्त्री वास्कोटाले ‘हावामा तरबार चलाएर निशाना नलाग्ने’ बताए ।

उनले मेडिकल शिक्षाको सुधारका विषयमा भविश्यका निम्ति पर्याप्त नभएपनि अहिलेका लागि पर्याप्त भएकाले डा. केसीको मुद्दा सम्बोधन भएको र अनसन बस्न आवश्यक नभएको प्रष्ट पारे ।

अन्तमा उनले जो जस्ले अधिनायकवाद भनेपनि, दुई तिहाईको दम्भ भने पनि कुनै विकल्प नभएकाले चिकित्सा शिक्षा विधेयक पास गरेर छाड्ने दाबी गरे ।