नेपाल —भारत ऊर्जा बैठक पोखरामा हुुदै

माघ, ९ काठमाडौ —नेपाल(भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक पोखरामा आजबाट सुुरु भएको छ । सहसचिवस्तरीय बैठकमा भारतका अधिकारी मंगलबार पोखरा आइपुुगेका छन् ।
बुधबार हुन लागेको सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले गर्दैछन्। बैठकमा सन् २०१७ को फेब्रुअरीमा काठमाडौंमा भएको सचिवस्तरीय र गत १६ अप्रिल २०१८ मा नयाँ दिल्लीमा भएको पाचौं सहसचिवस्तरीय (जेडब्लूजी) बैठकका निर्णयमाथि समीक्षा हुनेछ ।
यो बैठकमा विद्यमान ढल्केबर (नेपाल)—मुजप्फपुर (भारत) ४०० केभी प्रसारण लाइनलाई २२० केभी र ४०० केभीमा सञ्चालन गर्नेबारे छलफल हुनेछ। अन्नपूर्णलाई प्राप्त बैठकका एजेन्डा सूचिअनुसार नेपाल र भारतबीच विद्यमान विद्युत् व्यापारअन्तर्गत हालै सञ्चालनमा आएको कटैया(कुसाहा १३२ केभी प्रसारण लाइन र रक्सौल(परवानीपुर १३२ केभी प्रसारणबारे समीक्षा हुने भएको छ ।
बैठकले पारित गरेका विषयलाई बिहीबार हुने सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ ।