न्यायपरिषद्का तत्कालिन लेखापाल ढकाल विरुद्ध मुद्धा दर्ता

माघ ८, काठमाडौं — न्यायपरिषद्का तत्कालिन लेखापाल शिवहरि ढकाल विरुद्ध साढे २४ लाख बिगो सहित मुद्धा दर्ता गरिएको छ ।

न्यायपरिषदमा रहँदा ढकालले २४ लाख ४६ हजार २१२ रुपियाँ बराबरको सरकारी रकम दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।

तत्कालिन लेखापाल ढकालले तलबी भरपाई रकम खर्चमा हिनामिना गरेको र लेखापरीक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार ९६५ असुलउपर गरी राजस्व दाखिला भएको महालेखापरीक्षकको प्रतिवेदन प्राप्त भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।