उपत्यकाका विभिन्न स्थानहरुमा सिसि निगरानीको आवश्यकता

माघ ६, काठमाडौं — काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानहरुमा सुरक्षाका दृष्टिकोणले  सिसि क्यामरा जडान गर्नुपर्नै आबस्यकता देखिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनले काठमाडौँका नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने आवश्यकता देखिएको हो ।

अध्ययनले हाल काठमाडौँ उपत्यकामा रहेका ५२९ सिसी क्यामरा मध्ये ४६० क्यामरा चालू अवस्थामा रहेका छन् । अहिले काठमाडौँमा ४०३, ललितपुरमा ३३ र भक्तपुर २४ क्यामरा रहेका छन् ।

कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले हरेक व्यत्तिगत सुरक्षाका लागि विभिन्न स्थानहरुमा हजारौँ क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहसँग समन्वय गरी तत्काल आवश्यक परेको स्थानमा सिसी क्यामरा जडानको कामसमेत शुरु गरेको छ । उपत्यकाका हाल २१ स्थानीय तहमा प्रहरी कार्यालयसमेत स्थापना भइसकेको छ ।

अहिले उपत्यकामा वढ्दै गएको अपराधका घटनालाई तत्काल सम्बोधन गर्नका लागि ८१ स्थानमा कन्ट्रोल रुम भेइकल (सिआरभी) भेइकल राखिएको छ । यसले तत्काल घटनास्थलमा पुगेर अनुसन्धान तथा दोषीलाई पक्रन मद्दत पुग्ने छ ।

हाल काठमाडौँमा ४५, भक्तपुरमा ११ र ललितपुरमा १५ सिआरभी भेइकल जोडिएका छन् । काठमाडौँ उपत्यकामा विसं २०६३ देखि सिआरभी भेइकलबाट सुरक्षा दिन थालिएको हो ।

त्यसैगरी काठमाडौँमा ४९, भक्तपुरमा १० र ललितपुरमा २२ स्थानमा सिआरभी भेइकल आवश्यक रहेको छ ।