टि २० स्म्यास — नेपालको यात्रा उपविजेतामा टुंगियो

माघ, ५ काठमाडौ — थाइल्याण्डमा जारी टि–२० स्म्यासमा नेपाल उपविजेतामा सिमित बनेको छ । आज भएको फाइनल खेलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएसंगै नेपालकाmे  यात्रा उपविजेतामा टुंगिएको छ ।

समुह चरणमा नेपालले थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको थियो भने मलेसियालाई ४ विकेटले, चीनलाई १० विकेटले र युएईलाई ६ विकेटले पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई पराजित गरेको थियो ।