घुस खाएर लाइसेन्स बिक्री गर्ने चलन रोकिएन

पुष २८, काठमाडौं – यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले घुस खाएर लाइसेन्स बिक्री गर्ने विगतको प्रचलनमा कमी आएको बताएका छन् । शुक्रबार संसदको विधायन समितिमा उनले घुस खानेलाई अख्तियारले मुद्दा हाल्ने क्रम वढेकाले केही सुधार भएको बताएका हुन् ।

यातायात कार्यालयमा धेरै सुधार भएको भएपनि केही चोर प्रवृत्तिका मानिसहरुका कारण समस्या वढेको छ उनले भने, नियम कानुन जति टाईट भएपनि चोर बाटो र सिस्टम ह्याक गरेपछि केही नलाग्दो रहेछ ।  उनले ‘अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायात कार्यलयका कर्मचारी सकिईसके,भएपनि नियन्त्रण गर्ने प्रयास जारी भएको बताए ।

विधायन समितमा सांसदहरुले ४० हजारमा लाइसेन्स बिक्री हुने गरेको घटनाको प्रश्नमा महानिर्देशक ढकालले भने, कानुन जति टाइट भयो, भाउ पनि त्यति नै बढ्दो रहेछ, भाउ त्यति नै बढेर ४० हजार पुग्यो होला । सुधार नै नभएको चाँही होईन । ’

अहिले सबै अनलाइन सिस्टममा गएपछि बार्षिक ४र५ अर्ब राजश्व उठ्दै आएकोमा २५र२६ अर्ब उठेको छ । उनले भने, चोर प्रवृत्तिका मान्छेहरुको दलाल प्रवृत्तिका कारण जति कडाइ गर्दा पनि घुस खाएर लाइसेन्सको बिक्री गर्ने प्रचलन रोक्न सकिएको छैन ।