अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डर स्वदेश फिर्ता

पुष २८, काठमाडौं -संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डर स्वदेश फिर्ता  भएका छन् । प्यासिफिक कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने भ्रमणपछि स्वदेश फर्केका हुन्।

उनलाई सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, प्रधानसेनापति लगायत उच्चपदस्थ सैनिक पदाधिकारीसँग भेटवार्ता गरेका थिए।