माघे संक्रान्तिको दिन कर्णाली प्रदेशमा पनि सार्वजनिक विदा

पुस २७,  सुर्खेत  –कर्णाली प्रदेशमा पनि माघे संक्रान्तिको दिन सार्वजनिक विदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले माघ १ गतेलाई सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

गए राति बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थारु, मगर लगायतका समुदायले मान्दै आएको माघी पर्वको दिनलाई विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए ।

त्यसैगरी थप विदाको लागि मन्त्रिपरिषद्ले तीन सदस्यीय सार्वजनिक विदा निर्धारण सुझाव समिति निर्माण गरेको छ । समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी सहित सदस्यहरु सामाजिक विकास मन्त्री दल रावल सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहरा सदस्य–सचिव रहेका छन् ।

संघीय सरकारले प्रदेशहरुलाई वर्षमा छ वटा सार्वजनिक विदा दिन पाउने निर्णय गरेपछि कर्णालीमा मनाइने चाडपर्व, भाषा, धर्मलाई आधार मान्दै विदाको लागि सुझाव प्रतिवेदन मन्त्रिपरिषद्को बैठकमा पेश गर्नेछ।