श्रम स्वीकृति मोफसलमा बिस्तार, बुटवल जनकपुर हुदै पोखरामा सुरु

पुस,२६ काठमाडौ— काठमाण्डौ केन्द्रित श्रम स्वीकृतिलाई प्रदेशबाटै दिने सरकारको नीति अनुसार आजबाट पोखरा शाखाले श्रम श्रम स्वीकृति दिन थालेको छ । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ३७ वर्षीय खड्कबहादुर गुरुङलाई मकाउ जानका लागि पुन श्रम स्वीकृति दिदै पोखरामा उद्घाटन गरेका छन् । 
विभागले पुस १५ देखि २ नम्बर प्रदेशको जनकपुर र ५ नम्बर प्रदेशको बुटवलबाट सो सेवा सुरु गरिसकेको छ ।