राष्ट्रियसभाको बैठकमा आज प्रदेश लोकसेवा आयोग विधेयकको प्रस्ताव पेश हुँदै

 

पुस, २०  काठमाडौं  — राष्ट्रियसभा बैठकमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह एक बजे संघीय संसद भवनमा बस्ने बैठकमा उक्त विधेयक पेश गर्नेछन् ।

बैठकमा कर्मचारी समायोजन अध्यादेश स्वीकृतका लागि संघीय मामिला तथा सामान्य प्रशाषन मन्त्री लालवावु पण्डितले प्रस्ताव पेश गर्ने वताइएको छ । त्यसैगरी राहदानी विधेयकलाई छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने गरी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पनि प्रस्ताव पेश गर्ने छन्