प्रधानमन्त्री ओली दिउँसो इलाम जाँने : प्रधानमन्त्रीको नागरिक अभिनन्दन कार्यक्रम बहिष्कार गर्न नेपाली काँग्रेस ईलामको अपिल

पुस २०,  इलाम – प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो इलाम जाने कार्यक्रम रहेको छ ।

इलाम नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलन उद्घघाटन तथा नागरिक अभिनन्दन ग्रहणका लागि प्रधानमन्त्रीको ईलाम जाने कार्यक्रम तय भएको हो ।

लगानी सम्मेलन उद्घाटन तथा नागरिक अभिनन्दन ग्रहण ईलाम सदरमुकामको गौतमबुद्ध सभागृहमा आयोजना गरिदैछ । लगानी सम्मेलन उद्घघाटनपछि प्रधानमन्त्रीको अभिनन्दन कार्यक्रम गरिने भएको छ ।

प्रधानमन्त्री ओलीले स्वाधीनता, राष्ट्रियता र समृद्धिपथमा गरेको योगदानको कदर गर्दै उनलाई अभिनन्दन गर्न लागिएको बताइएको छ ।
‘संविधान निर्माण लगायत नेपाली राजनीतिक इतिहासमा पुुर्याएको योगदान, भारतले गरेको नाकाबन्दीमा मुलुकलाई बचाएको राष्ट्रियता, चीनसँगको नाका खुला लगायतका विषयमा पुर्याएको योगदानलाई कदर गर्दै प्रम ओलीलाई अभिनन्दन गर्न लागिएको हो ।

यसैविच इलामस्थित नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन कार्यक्रम बहिष्कार गर्न माग गरेको छ । बिहीबार नेपाली काँग्रेस ईलामले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओली ‘असफल र अधिनायकवादी’को संज्ञा रहेको भन्दै ओलीको अभिनन्दन कार्यक्रम बहिष्कार गर्न आग्रह गरेको हो ।

खस्कँदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टाचार वृद्धि भईरहेका बेला प्रधानमन्त्रीलाई अभिनन्दन गर्दा स्थानीयबासीको भावनामा ठेस पुग्ने छ,’ पार्टीको विज्ञप्तिमा उल्लेख छ ।