(बिपिएल) खेल्न सन्दीप बंगलादेशमा

पुुष, १८ काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधवार बिहान बंगलादेश पुगेका छन्।

बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बंगलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा जारी ‘ बिग ब्यास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बंगलादेश प्रस्थान गरेका हुन् ।

बंगलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन्। नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृंखला खेल्नेछ ।