माघे सङ्क्रान्तिमा प्रदेश ५ ले दियो दुुई दिन सार्वजनिक बिदा

पुुष, १८ काठमाडौ — प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्य रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको  छ  ।