प्रचण्ड र ओलीले चलाएको नेकपाकाको जहाज दुर्घटनामा पर्न सक्ने : युवा नेता गगन थापा

पुष १६ काठमाडौं— नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जहाज दुर्घटनामा पर्ने खतरा वढेको वताएका छन् ।

युवा नेता थापाले नेकपाको जहाज उडाउने दुइटा पाइलटले एकलाई संघीयता मन नपर्ने र अर्काेलाई लोकतन्त्र मन नपर्नेभएकाले जहाज दुर्घटनामा पार्न सक्ने वताएका हुन् ।

राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रममा उनले नेकपा नेताहरुसँग गणतान्त्रिक मूल्य मान्यता नरहेको टिप्पणी गर्दै आरोप नभई सत्य भएको दावी गरे ।

त्यसैले संघीय मुलुक चलाउने ठेक्का लिएर बसेको शक्तिले बाटो विराउन लागेको बेलामा कांग्रेसले चनाखो भएर जिम्मा लिने बेला आएको बताए ।