तमु ल्होसारको अवसरमा गुरुङ समुदायलाई राष्ट्रपति भण्डारीको शुभकामना

१५ पुस, काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षणमा गुरुङ समुदायले विशेष भूमिका खेलेको भन्दै तारिफ गरेकी छन् ।

आज तमु ल्होसारको अवसमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीको शुभकामनामा ‘मुलुकको सांस्कृतिक सम्पदा संरक्षण र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका अहंम रहेको छ’, उल्लेख गरिएको छ, ‘ यस पर्वले मेलमिलाप आपसी सद्भाव तथा आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माणमा सहयोग पुग्नेछ ।’

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमाफृत मुलुकको यस्ता राष्ट्रिय चाडवाडले मुलुकको मात्रै नभई विश्वमा सांस्कृतिक पहिचान राख्ने छ ।