पुष १३, काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संविधानबाट मुलुक नचल्ने भन्दै तत्काल संसोधन गर्नुपर्ने बताएका छन् ।
फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री यादवले मुलुकको चाँडो निकासका लागि संविधानको संसोधन तत्काल आवश्यक रहेको तर्क अघि सारेको हो ।
राजधानीमा आयोजित एक साक्षत्कार कार्यक्रममा उनले संविधान संसोधन गर्ने विषयमा समझदाी भएर आफ्नो पार्टी सरकारमा सहभागी भएको समेत प्रष्ट पारे ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका फोरमका अध्यक्ष यादवले संविधानको संशोधन नभए मुलुकले निकास नपाउने पनि निष्कर्ष निकाले ।
मन्त्री यादवले संसदको हिउँदे अधिवेशनभित्रै संविधान संशोधनको विद्येयक दर्ता भई पारित गर्नेमा समेत दावी गरे ।