पुष, १३ काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज सकिएको छ । नेकपाका दुई अध्यक्षले पेस गरेको प्रतिवेदन परिर्माजनसहित पास गरी बैठक सकिएको छ ।
पार्टीको संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् ।
गठित कार्यदलले अध्यक्षद्वयलाई सुझाव प्रतिवेदन पेस गरेपछि यही पुस मसान्तअगावै स्थायी समितिको अर्को बैठक बस्ने बताइएको छ ।