१५ गतेका लागि संसदीय सुनुवाइ समितिले बोलायो राणालाई

पुुष, १३ काठमाडौं — संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध परेको उजुरीको विषयमा छलफल गर्न पुस १५ गते बोलाएको छ ।

राणाविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा ९ वटा ‘गम्भीर’ प्रकृतिका उजुरी परेपछि समितिले बिहीबार नै अध्ययन थालेको थियो । सोही अध्ययन अन्तर्गत समितिले आज उजुरीकर्तालाई बोलाएको थियो ।

आज बसेको  बैठकले उनलाई १५ गतेका लागि बोलाएको हो ।  संवैधानिक परिषद्ले मंसिर २७ गते राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।