पृश्वी नारायण शाहको जन्मोत्सब मनाउने राप्रपा तयारी

पुष १३ , काठमाडौ –राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पृश्वी नारायण शाहको जन्मोत्सब मनाउने भएको छ ।

राप्रपा (प्रजातान्त्रिक)का पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले जयन्तीलाई पृश्वी नारायण शाहको जन्म दिवस पारी देशभरी राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले मुलुकलाई जबर्जस्त रुपमा धार्मिक र सांस्कृतिक द्वन्द्वको गोलचक्रमा फसाउने कार्यमा अहिलेको सरकार लागि परेको भन्दै यसको घोर भत्सर्ना गरेको छ ।

पार्टीको अर्को उच्चस्तरीय कार्य सम्पादन समितिको बैठक पुस १५ गते बस्ने बताइएको छ ।