पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि विदेश भ्रमणमा प्रतिवन्धित

पुस१३, काठमाडौं — पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका कारण उनलाई त्यहाँको सरकारले एक सूचना जारी गरी विदेश भ्रमणमा रोक लगाएको हो ।

नेपाल सरकारका सूचना मन्त्री फवाड चौधरीले सञ्चारकर्मीलाई बताए अनुसार मुद्रा अपचलनसम्वन्धी एक मुद्दामा जर्दारी सहित १७२ जनालाई अनुसन्धानको दायरामा राखिएको छ ।

सूचना मन्त्री फवाडका अनुसार उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंकमा खाता खोलेको अभियोग पनि लागेको छ । ‘अनुसन्धानको दायरामा परेका सबै१७२ जर्ना देश बाहिर जान प्रतिवन्धित भएका छन् ।

पूर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति थिए । अहिले उनी हाल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुुन् ।

जर्दारीकी श्रीमती र पूर्वप्रधानमन्त्री बेन्जेजिर भुट्टो हत्याकाण्डको ११औँ वर्ष हुनै लाग्दा सरकारले यस्तो कडा कमद चालेको हो । जर्दारीकी श्रीमती र पूर्वप्रधानमन्त्री बेन्जेजिर भुट्टोलाई सन् २००७ को डिसेम्बर २७ का दिन चुनावी र्यालीमा सहभागी हुँदा आत्मघाती बम हमला गरी रावलपिण्डीमा हत्या गरिएको थियो ।