विवेकशील साझा पार्टीभित्र आन्तरिक द्धन्द चर्किदै

पुस १३ , काठमाडौं — विवेकशील साझा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । पार्टी नेतृत्वका अधिवक्ता ओम अर्यालले राजीनामा दिएपछि पार्टिभित्र विवाद वढ्दै गएको हो ।

यसअघि पार्टीभित्र असन्तुष्ट बन्दै गएका नेताहरु डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि नै पार्टी परित्याग गरिसकेका छन् ।

पार्टीको पुरानै कार्यशैलीमा वैकल्पिक राजनीति गर्न नसक्ने बताउदै उनीहरुले पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाललगायतले मनोपली रुपमा पार्टी सञ्चालन गरिएको केन्द्रीय सदस्यहरूलाई कुनै पनि जिम्वेवारी नदिइएको अरोप लगाएका छन् ।

स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरकी उम्मेदवार दिएकी रन्जु दर्शना पनि पार्टी नेतृत्वपंक्तिसित असन्तुष्ट भएकी छिन् ।